खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको साङ्गठनिक सभा आज महकुमा सभापति सुवास प्रधानको अध्यक्षता र महकुमा समितिको प्रवक्ता अनुप रामुदामुको सञ्चालनमा सम्पन्न भयो। सभामा पार्टीको साङ्गठनिक गतिविधि र आगामी पञ्चायत चुनाउ विषयमा चर्चा-परिचर्चा गरियो। सभालाई तङलिङ पेशोक समष्टीका सभासद मणिकुमार राई, पार्टीको केन्द्रीय साङ्गठनिक सचिव एवं कार्यकारी सभासद रतन थापा, केन्द्रीय सदस्य नेल्सन प्रधान, मनोनित सभासद एवम् महकुमा सचिव प्रणाम रसाइली, युवा शक्तिको महकुमा सभापति पेमेन्द्र गुरुङ आदिले वक्तव्य राखे।
उक्त सभापछि आगामी फुलपाती समारोह विषयमा सम्पन्न सभामा आगामी फूलपाती समारोहको लागि कमिटी गठन गरियो, जसमा संयोजकको रूपमा पेमेन्द्र गुरुङ, सह संयोजकको रूपमा गजेन प्रधान, कोषाध्यक्ष सञ्जय प्रधान अनि उपस्थिति सबैलाई कार्यकारी सदस्यहरूका रूपमा चयन गरिएको छ।