भागोप्रमो खरसाङ टाउन कमिटीको वार्ड पसौं धारावाहिक कार्यक्रम अन्तर्गत वार्ड नम्बर 9 सभा सम्पन्न

खरसाङ (निसं): भागोप्रमो खरसाङ टाउन कमिटीको वार्ड पसौं धारावाहिक कार्यक्रम अन्तर्गत खरसाङ नगरपालिकाको वार्ड नम्बर 9 को जनजागरण समिति भवनमा आज पार्टीको सांगठनिक सभा सम्पन्न भयो। सभाको अध्यक्षता आरपी शर्माले गरेका थिए भने सभाको सञ्चालन टाउन कमिटिको युवा शक्तिका मूल सचिव बन्धन लामाले गरेका थिए। सभाको पहिलो चरणमा वार्डवासीको तर्फबाट सांगठनिक विषयमा भ‌इरहेको आजसम्मको चर्चा-परिचर्चा गरियो साथै वार्डभित्र वार्डवासीले के-कस्ता समस्याहरू भोगिरहेका छन् त्यसको विस्तृत जानकारी गराइयो। अब वार्डको कुन-कुन ठाउँमा खोला, झोडा, नाला, बाटो मुख्य रूपले बनाउन पर्न आवश्यक रहेको जानकारी गराइएको छ। यसको साथै वार्डवासीले भोग्नु परिरहेको पानीको समस्या साथै सार्वजनिक भवनको जिर्ण अवस्थाबारे पनि अवगत गराइएको छ। वार्डको पक्षबाट रिता शेर्पा, युवा शक्ति सभापति रमेश थापा, लक्ष्मी तामाङ, जयबहादुर छेत्री, निर्मला बराईली, बिमल मुखिया लगायत अन्यले सभालाई सम्बोधन गरेका थिए। सभाको दोस्रो चरणमा टाउन कमिटी कार्यवाहक सचिव बीरबल पाखरीनले सभालाई सम्बोधन गर्दै पार्टीलाई बलियो बनाउनको निम्ति वार्डवासीलाई आह्वान् गरे। तिनले पार्टी अध्यक्ष अनित थापाको मार्गलाई अनुसरण गर्दै पार्टीको पदाधिकारीले जनताको हितको निम्ति काम गर्नु पर्ने सुझाउ राखे। नारी शक्ति अध्यक्षा सबिता कार्कीले उपस्थित नारी शक्तिलाई पाटीको साङ्गठनिक क्रिया-कलापको मूलधारामा सहभागी हुने आह्वान् गरिन्।

सभामा उपस्थित जनताले एचएफए घर विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै यस घर विषयको तक्निकी समस्या अनि समाधानको सरल भाषामा जानकारी गराए। सभामा सभासद श्याम शेर्पाले वार्ड नम्बर 9 मा प्राय: नै भ्रमण गरिरहेको बताए। तिनले वार्डको निम्ति विकासको काम विषयमा भ‌इरहेको आधिकारिक प्रक्रियाको विस्तृत जानकारी गराए। अमृत दुई प्रोजेक्टद्वारा नगरपालिकामार्फत् पिउने पानीको व्यवस्था नगरपालिका क्षेत्रमा चाँढै नै हुन ग‌इरहेको बताए। भागोप्रमो केन्द्रीय सदस्य एवं खरसाङ टाउन कमिटीको को-अर्डिनेटर समीरदीप ब्लोनले सभालाई सम्बोधन गर्दै प्यारेन्ट्स बडीको कमिटी वार्डमा हुन आवश्यक बताए। तिनले वार्डभित्रको पार्टीका पदाधिकारीहरु पार्टीको सभामा अनिवार्य रुपमा उपस्थित हुनु पर्ने कुरालाई जोड दिए। तिनले पार्टी अध्यक्ष अनित थापाको कर्म ठीक भ‌एको कारण हामीले उनलाई पूर्ण साथ र समर्थन दिनु पर्ने बताउँदै विशेष रूपले विगत दिनमा पुरानो प्लाजा सिनेमा हलमुनिको झोडा सफा गरेको खण्डमा आनन्द लामालाई ताली बजाएर धन्यवाद दिइयो। बन्धन लामाले टुरिष्ट लजदेखि सुधापा टोलसम्म बाटोको बत्ती जडान गर्नु आवश्यक रहेको कुरा सभामा राखे। अन्त्यमा सभाध्यक्षले पहाडमा शान्ति ल्याउने राजनैतिक पार्टी भागोप्रमो मात्र रहेको बताए। पार्टीको तर्फबाट टाउन कमिटी सह सचिव सञ्जय मुखिया, कोषाध्यक्ष राजेन प्रधान, कार्यकारिणी सदस्य सन्तोष पटहरी, टाउन कमिटी नारी शक्तिको उप-सभापति नितु गुरुङ, साङ्गठनिक सचिवा अनु प्रधान, सह-सचिवा निर्मला बराईली, बिमल मुखिया, पप्पु लेप्चा, युवा शक्ति मूल सचिव बन्धन लामा सहित वार्डका पार्टी सभापति, सचिव अनि सदस्यहरु उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes