भागोप्रमो-ले दार्जिलिङ नगरपालिका बोर्ड गठन गर्ने निश्चित: अमर लामा

दार्जिलिङ: पश्चिम बंगाल राज्यको उच्च न्यायालयले आज हाम्रो पार्टी र दार्जिलिङ नगरपालिकाको अन्तरिम आदेशलाई स्पष्ट रूपमा खारेज गरेको छ। फ्लोर टेस्ट अब आगामी 28 दिसम्बरमा हुने निश्चित भएको कुरा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव साथै वरिष्ठ वकिल अमर लामाले पत्रकारहरूसित कुराकानीमा बताएका छन्। तिनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा आगामी 28 दिसम्बरको दिन दार्जिलिङ नगरपालिका बोर्ड गठन गरिने सुनिश्चित भएको जानकारी दिएका छन्। आफ्नो पार्टी भागोप्रमो-को पक्षमा हालसम्म दार्जिलिङ नगरपालिका बोर्डमा मोठ 16 जना नगर पार्षद रहेको अनि यसको संख्या अझ बढ्न सक्ने तिनले दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *