भागोप्रमो-ले मिरिकमा खोल्यो खाता, जयन्ती सुब्बा निर्विरोध विजय

मिरिक (निसं) भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थी श्रीमती जयन्ती सुब्बा ग्राम पञ्चायत चुनाउमा मिरिक थर्बु डुप्टिन समष्टिबाट निर्विरोध विजय बनेकी छन्। श्रीमती जयन्ती सुब्बाले हिज बुधबार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको टिकटमा पहिला गाउँ स्कुल डाँडा ग्राम पञ्चायत दुई संसद नम्बर एक-को नौ माइल चार नम्बर मिरिकबाट नामाङ्कन पत्र बुझाएका थिइन्। नामाङ्कन पत्र बुझाउने आज अन्तिम दिनसम्म पनि तिनको विरूद्धमा कुनै पनि प्रार्थीले नामाङ्कन पत्र नबुझाएपछि तिनी निर्विरोध विजय बनेको छ।


मिरिक थर्बु डुप्टिन समष्टिको नौ माइल चार नम्बर गाँउको पञ्चायत सदस्यका रूपमा निर्विरोध निर्वाचित बनेपछि जयन्ती सुब्बाले भनिन्, यो मेरो मात्र होइन तर समग्र ग्रामवासीको जीत हो। ग्रामवासीले दिएको माया र आशिर्वादलाई शिरोपर राखेर नै म काम गर्नेछु। तिनले आफूलाई विश्वास गरेर पार्टीको टिकट प्रदान गरेकोमा भागोप्रमो केन्द्रीय अध्यक्ष एवं जीटीए चिफ अनित थापा, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई अनि शाखाका पार्टी कार्यकर्ताहरूप्रति आभार प्रकट गरेकी छन्। निर्विरोध विजय बनेपछि जयन्ती सुब्बालाई समष्टि सभासद मिलेस राई, भागोप्रमो चुनाउ पर्यपेक्षक फूबी राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राई लगायत अन्यले खदा लगाइदिएर बधाई दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *