भागोप्रमो-मा सामेल नव निर्वाचित पञ्चायत सदस्य युवराज लिम्बुलाई अनित थापाले जनाए स्वागत

दार्जिलिङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका पुल बिजनबारी ग्राम पञ्चायतको नव निर्वाचित सदस्य युवराज लिम्बुलाई आफ्नो पार्टीमा अध्यक्ष अनित थापाले स्वागत जनाएका छन्। तिनले यस अवसरमा घोषणा गर्दै भने, पुल बिजनवारी ग्राम पञ्चायतको प्रधान पद्मा सुब्बा अनि उप प्रधान युवराज लिम्बु हुने छन्। त्यसरी नै नयाँ नोर ग्राम पञ्चायतको प्रधान रतन सुब्बा हुनेछन्। अनित थापाले अझ भने, “राजनीतिमा यता जानु, उता जानु साधारण कुरा हो। यो राजनैतिक संस्कार हो। यस्तो घटना हामी राष्ट्रिय स्तरमा पनि देख्छौ। आफ्नो इच्छामा उहाँहरूले चुनाउ लड्नु भयो। चुनाउ जितेपछि को-सँग मिलेर काम गर्दा गाउँको विकासको निम्ति काम गर्न सकिन्छ भन्ने सोंचमा उहाँहरू स्वइच्छाले हामीसँग जोडिनु भयो।”
समाज बहिष्कार गर्ने सोंच राख्ने व्यक्तिहरू समाजको निम्ति ठिक होइनन्। राजनीति अनि समाजलाई मिसाउने काम गर्नु हुँदैन। समाजको एक व्यक्तिको भूलले सबै सदस्यहरूलाई दाग लाग्छ। समाजले कुनै एक व्यक्तिलाई राजनैतिक शिकार बनाउनु खोज्दैछ, तिनले अझ भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *