भागोप्रमो मिरिक सियोक गोपालधारा ओकाइटी समष्टिको चुनाउ समीक्षा सभा सम्पन्न

मिरिक (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक सियोक गोपालधारा ओकाइटी समष्टिको चुनाउ समीक्षा सभा आज सम्पन्न भयो। पार्टीका केन्द्रीय सदस्य हेमकुमार तामाङको अध्यक्षतामा सम्पन्न उक्त सभामा समष्टिका पार्टी कार्यकर्ता, पञ्चायत चुनाउमा विजयी अनि पराजित भएका उम्मेदवारहरू लगायत मिरिक महकुमा चुनाउ पर्यवेक्षक फूबी राई, सभासद मिलेस राई, समष्टि अध्यक्ष अमित याखा देवान आदि उपस्थित थिए।


सभामा पञ्चायत चुनाउमा भागोप्रमो-का निर्वाचित पञ्चायत सदस्यहरूलाई हार्दिक बधाई दिँदै आगामी कार्यको लागि अग्रिम शुभकामना दिइयो भने पराजित हुने उम्मेदवारहरूलाई अझ धेरै जनताको हितमा कार्य गरेर जनताको हृदय जित्ने उपस्थित पार्टीका नेतृत्वगणले आ-आफ्नो सम्बोधनमा सुझाउ तथा परामर्श दिए। आजको सभामा गत पञ्चायत चुनाउमा पार्टीका उम्मेदवारहरू कतिपय ठाँउमा पराजित हुनुको प्रमुख कारणबारे विस्तृत रूपमा चर्चा-परिचर्चा गर्दै ती पराजित भएको ठाउँमा अझ सुधार गर्नु पर्ने विषयमा जोड दिए। यसको साथै वक्ताहरूले चुनाउमा हार जीत हुन्छ तर पार्टीलाई दह्रिलो बनाउनु पनि अति आवश्यक रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *