भागोप्रमो पंखाबारी लङ्गभ्यु अम्बटे समष्टिको सामगठनिक सभा सम्पन्न

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लङ्गभ्यु अम्बटे समष्टिको सांगठनिक सभा पंखाबारीको सार्वजनिक भवनमा समष्टि सभापति मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न भयो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई समष्टि कार्यकारी सभासद कल्पना प्रधान, मनोनीत सभासद प्रणाम रसाइली, सन्त मेरिज-तीन ग्राम पञ्चायत प्रधान साथै समष्टि सभापति मणिराज डुम्जन, सन्त मेरिज-3, उप-प्रधान साथै केन्द्रीय समिति सदस्य सन्तोस लामा, अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्री आदिले सम्बोधन गरेका थिए। समष्टि कार्यकारी सभासद कल्पना प्रधान आफ्नो सम्बोधनमा संगठनलाई दह्रिलो बनाउन हेतु पार्टी संस्थापक अध्यक्ष अनित थापाको दिशा निर्देश अनुसार प्रत्येक समष्टिमा नै शाखा प्रशाखा गठन भइरहेको जनाइन्। पंखाबारी लंगभ्यु अम्बटे समष्टि अन्तर्गत प्रत्येक ठाउँमा शाखा-प्रशाखा गठन गर्ने निर्देश दिइन्। उनले पञ्चायत प्रधान उप-प्रधान साथै पञ्चायत सदस्यहरू एक अर्कामा तालमेल मिलाएर कार्य गरिदिने अपील गरिन्। सभालाई सम्बोधन गर्दै मनोनित सभासद प्रणाम रसाईलीले संगठनलाई दह्रिलो गर्न पार्टी अध्यक्ष अनित थापाको दिशा निर्देश अनुसार आज समष्टि अन्तर्गत रहेको सम्पूर्ण पञ्चायत सदस्यहरूलाई संयोजक रूपमा चयन गरेको जनाए साथै आज जस जसलाई पनि संयोजकको रूपमा चयन गरिएको छ उनीहरूले आ- आफ्नो क्षेत्रमा शाखा साथै प्रशाखा बनाउने जिम्मेवारी पाएको जनाए। पञ्चायत प्रधान, उप प्रधान सदस्यहरूलाई (संयोजकहरूलाई) आ-आफ्ना क्षेत्रमा सबैलाई संगठित गरी शाखा प्रशाखा गठन गरिदिने अनुरोध गरे। सभालाई सम्बोधन गर्दै केन्द्रीय समिति सदस्य सन्तोस लामाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा थोपा थोपा मिलेर गठन भएको पार्टी हो र यसलाई सही दिशातर्फ लान हेतु समष्टिका सम्पूर्ण शाखा गठन गर्न आवश्यक रहेको जनाए। अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्रीले आफ्नो सम्बोधनमा  पार्टीको कुनै पनि सभामा पार्टी कार्यकर्ताहरु समयमा उपस्थित भइदिने अनुरोध गरे। पञ्चायतमार्फत् साथै जीटीएमार्फत् आ आफ्ना धेरै विकासमूलक कार्यहरू भइरहेको पनि जनाए। आज सम्पन्न सभालाई सम्बोधन गर्दै समष्टि सभापति साथै सन्त मेरिज तीन प्रधान मणिराज डुम्जनले आज सभामा प्रत्येक पञ्चायत सदस्यहरूलाई पार्टीले जुन जिम्मेवारी दिएको छ त्यसलाई जिम्मेवारीपूर्वक निभाउन पर्ने जनाए। गाउँ गाउँमा निर्वाचित पञ्चायत सदस्यहरु साथै पार्टी कार्यकर्ताहरू मिलेर आ-आफ्ना क्षेत्रहरूमा प्रशाखा साथै शाखा गठन गर्न पर्ने जनाए। समष्टि सभासद, प्रधान, उप-प्रधान, पंचायत सदस्यहरु साथै पार्टी कार्यकर्ताहरू मिलेर संगठनलाई एकजुट भई पार्टीलाई दरिलो बनाउने अनुरोध गरे। आज सम्पन्न सभामा सुबोध लामालाई खरसाङ महुकमा समिति सह- सचिव साथै समिति सदस्य मौसम लामालाई समष्टि सह- सचिव अनि सन्तबीर लोप्चनलाई पंखाबारी लंगभीऊ अम्बटे समष्टिको सदस्यको रूपमा चयन गरियो। आज सम्पन्न सभामा समष्टि अन्तर्गत रहेको पञ्चायत सदस्यगण, प्रधान,  उप-प्रधान, खरसाङ महुकमा प्रवक्ता अनुप रामुदामु, खरसाङ महुकमा समिति सांगठनिक सचिव गजेन प्रधान, खरसाङ महुकमा समिति सदस्य संजय प्रधान, मिलन रसाईली, युवा शक्ति, नारी शक्ति प्रतिनिधिगण, समष्टि सदस्यगण साथै पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *