भागोप्रमो प्रार्थी कल्पना प्रधानले शिक्षक संगठनका प्रतिनिधिहरूसित गरिन् बैठक

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा लङ्गभ्यूउ पंखाबारी अम्बटे समष्टिका उम्मेद्वार कल्पना प्रधानले आज हिल तराई प्राथमिक स्वयम् शिक्षक सङ्गठन साथै उच्चतर माध्यमिक स्वयम् शिक्षक संगठन (लङ्गभ्यू पंखाबारी अम्बटे समष्टि) का सदस्यहरूसित भेटघाट गरे।यस अवसरमा स्वयम् शिक्षक सङ्गठन एउटा अराजनैतिक सङ्गठन भए तापनि आगामी चुनाउमा समष्टिका उम्मेद्वार श्रीमती कल्पना प्रधानलाई सघाउने उपस्थित सदस्यहरूले वचन दिए। पार्टी उम्मेद्वार कल्पना प्रधानले आफु आउने चुनाउमा विजय भएको खण्डमा स्वयम् सेवक शिक्षक-शिक्षिकाहरुको दिर्घकालीन समस्याको पहल जीटीए बोर्ड गठन पछि अवश्य गर्ने मन्तव्य पोखिन्। आजको यस भेटघाटमा खरसाङ महकुमा प्रवक्ता अनुप रामुदामु, महकुमा सदस्य संजोक रोका, समष्टि सभापति मणिराज डुम्जन, सचिव ललित प्रधान, सह-सचिव कुनाल छेत्री, समष्टिका प्रचार-प्रसार सचिव जिनोद परियारको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *