भागोप्रमो प्रतिनिधिद्वारा नेहुर बालासनमा सहयोग

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा सभापति अनोस थापा अनि टुङ सन्त मेरिज समष्टि युवा शक्ति महासचिव दिपेश तामाङको आर्थिक सहयोगमा नेहुर बालासन युनाइटेड फुटबल क्लबलाई विन्टर फुटबल क्याम्पको निम्ति फुटबल अनि अन्य आवश्यक सर-सामानहरू प्रदान गरियो। समष्टिको साङ्गठनिक सचिव पुरण तामाङ, राजीव त्रिखाती, विश्वमणि राई,रबीन राईको विशेष उपस्थितिमा उक्त सर-सामानहरू प्रदान गरिएको बताइएको छ। उक्त शिविरमा प्रशिक्षक पवन तामाङ अनि प्रणित गोलेको नेतृत्वमा मोठ 56 जना युवा-युवतीहरुले भाग लिएका छन्। तिनीहरुले समाजप्रति आफ्नो योगदान दिँदै नि:शुल्क रुपमा युवा-युवतीहरूलाई कुमार्गदेखि जोगाएर भविष्यको उज्यालो तथा सुमार्ग देखाउने कर्म गरिरहेकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ सन्त मेरिज समष्टिका साङ्गठनिक सचिव पुरण तामाङले धन्यवाद दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *