भागोप्रमो प्रतिनिधि टोलीको मुख्यमन्त्रीसित भेट

दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एउटा प्रतिनिधि टोलीले पार्टी अध्यक्ष अनित थापाको नेतृत्वमा आज दार्जिलिङस्थित रिचमन्ड हिल्समा राज्यका मुख्यमन्त्री तथा तृणमूल नेत्री ममता ब्यानर्जीसित भेट गरे। उक्त प्रतिनिधि टोलीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव अमर लामा, पार्टी उपाध्यक्ष तथा कालेबुङका विधायक रूदेन सादा लेप्चा सामेल थिए। स्मरण रहोस्, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी 5 दिवसीय उत्तर बंगाल भ्रमणको क्रममा हिजो साँझ दार्जिलिङ आइपुगेकी छन्। आज तिनले बिहान दार्जिलिङको प्रमुख पर्यटन स्थल मानिने चौरस्ता लगायत माल रोडमा पैदल घुमफिर गरिन्। यसको साथै चौरस्तामा महिला पुलिसहरूद्वारा गठन गरेको बाघिनीका सदस्यहरूको प्रदर्शनी कार्यक्रममा पनि तिनी सामेल भइन्। यस अवसरमा मुख्यमन्त्रीले बाटोमा हिँड्ने स्थानीय मानिसहरूसित पनि कुराकानी गरिन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *