भागोप्रमो र टीएमसी-लाई सहिद दिवस मनाउने नैतिक अधिकार छैन: पूर्णसिहं राई

मिरिक: गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमा महासचिव पूर्णसिहं राईले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर सहिदको कुनै राजनीतिक दल र झण्डा हुँदैन तर सहिद बनाउने हत्यारा राजनीतिक दल हुन्छन्, झण्डा हुन्छन्। जस्तै 1986 र 2009 मा राजनीतिक दल सीपी (आई) एम, 2017-मा हत्यारा राजनीतिक दल तृणमूल कंग्रेस रहेको आरोप लगाएका छन्। तिनले विज्ञप्तिमा भनेका छन्, हत्यारा राजनीतिक दल वा झण्डा बोकेर वीर सहिदहरुलाई श्रद्धाञ्जलि दिएर खिल्ली उडाउने अधिकार छैन । यसको साथै हत्यारा तृणमूल काङ्ग्रेसलाई साथ दिने गोर्खा प्रजातान्त्रिक मोर्चालाई पनि सहिदहरुलाई श्रद्धाञ्जलि दिने नैतिक अधिकार छैन भन्दै तिनीहरू सहिद जाति र माटोको निम्ति भएको थियो भनी बताइएको छ। सहिद छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको निम्ति थियो। सहिद निकासको निम्ति थियो। सहिद बंगालदेखि छुट्टिनुलाई थियो।त्यसैले सहिद दिवस मनाउने सहिदहरुलाई श्रद्धाञ्जलि दिने नैतिक अधिकार तृणमूल काङ्ग्रेस र भागोप्रमो-लाई छैन। तिनीहरूको यो नौटङ्की सहिदहरुलाई खिल्ली उडाएको बराबर हो भन्दै सहिद विकासको लागि भएको होइन। सहिद बंगालभित्रको व्यवस्था स्वीकार्नको निम्ति भएको होइन। त्यसैले सहिदहरुलाई साँचो श्रद्धाञ्जलि भनेको नै बंगालदेखि निकास हो। छुट्टै राज्य गोर्खाल्याण्डको निर्माण हो। विज्ञप्तिमा अझ भनेका छन्, यदि कसैले पनि सहिदलाई साँचो श्रद्धाञ्जलि दिन्छन् भने उक्त दिन एक यात्रा एक लक्ष्य छुट्टै राज्य गोर्खाल्याण्ड निर्माण’-को निम्ति शंखघोष गरेका हुनपर्छ तब आडम्बरी र ढोङ्गी होइन,साँचो रहेछ भनेर मान्छौँ। हामीले त जीवन समर्पण गरिसकेका छौं। योद्धा हौँ, युद्ध मैदान हाम्रो पहिचान हो मृत्यु। मृत्यु नै सत्य हो भनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *