भागोप्रमो रिम्बिक लोधोमा समष्टिका प्रतिनिधि टोलीद्वारा जीटीए चेयरम्यानलाई ज्ञापन     

दार्जिलिङ : आफ्नो क्षेत्रको विविध समस्याहरूलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रिम्बिक लोधोमा समष्टिको एउटा प्रतिनिधि टोलीले जीटीएको अतिरिक्त भार ग्रहण गरेका चेयरम्यान तथा दार्जिलिङ जिल्लाशासकसित भेट गर्यो। समष्टिका सभापति नोर्देन शेर्पा अनि महासचिव मिलन प्रधानको नेतृत्वमा गएको टोलीले जीटीए चेयरम्यानसित आफ्नो क्षेत्रको विविध समस्याहरूबारे जानकारी गराउनको साथै एउटा लिखित ज्ञापन पत्र पनि चढाए। उक्त ज्ञापन पत्रमा विशेष गरेर रेभिन्यू भिलेजको दर्जाबाट वञ्चित केही फरेस्ट भिलेजहरूबारे जानकारी गराउनको साथै यसबारे पहल गरिदिने माग, मानेभञ्ज्याङस्थित क्षतिग्रस्त रोडलाई जोड्न ब्रिज निर्माण चाँडै गरिदिनुपर्ने, रिम्बिक लोधोमा क्षेत्रलाई जोड्नको निम्ति थाँतीमा रहेको ब्रिज निर्माणको कार्य पनि यथाशीघ्र शुरू गरिनुपर्ने आदि जस्ता मागहरू रहेको सम्बन्धित सूत्रले जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *