भागोप्रमो समर्थित प्रार्थी पंकज छेत्रीको पक्षमा चेयरम्यान रवि प्रधानले गरे चुनाउ प्रचार

कालेबुङ: कालेबुङको 35 नम्बर समष्टिका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित उम्मेद्वार पंकज छेत्रीलाई साथमा लिएर नगरपालिका प्रशासक चेयरम्यान रवि प्रधानले आज यहाँको 18 नम्बर वार्ड अन्तर्गत चन्द्रलोक, हेप्पी भिल्ला, हिल टप आदि क्षेत्रहरूमा चुनाउ प्रचार गरे। यस अवधि उम्मेद्वार पंकज छेत्री सहित समर्थकहरूलाई साथमा लिएर रवि प्रधानले घर दैलो अभियान अन्तर्गत चुनाउ प्रचार गरेर तिनको पक्षमा मतदान गरिदिने मतदाताहरूसित अपिल गरे।


यस अवधि वार्डका वासिन्दाहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित उम्मेद्वार पंकज छेत्रीलाई भव्य स्वागत गर्नको साथै तिनको पक्षमा मतदान गर्ने आश्वासन दिए। आजको चुनाउ प्रचार अवधि विशेष रुपले समष्टि अध्यक्ष शेखर मेक्डोनल्ड, नारी शक्ति अध्यक्ष मुन्ना लामा, युवा अध्यक्ष दानियल काबो साथै अन्य कर्याकर्ताहरुको विशेष उपस्तिथि रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *