भागोप्रमो सियोक गोपालधारा ओकाइटी समष्टिको सियोक गुरूङ गाउँ शाखा कमिटी गठन

मिरिक (निसं): भारतीय  गोर्खा प्रजातान्त्रिक मोर्चा सियोक गोपालधारा ओकाइटी समष्टिले सांगठनिक गतिविधिलाई तीव्रता दिँदै सियोक गुरूङ गाउँ शाखा कमिटी गठन गर्यो। भागोप्रमो समष्टि अध्यक्ष समीर राई, युवा शक्ति मिरिक महकुमा अध्यक्ष एवम् जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गोले, पञ्चायत समिति सदस्य रोशनी सुब्बाको विशेष उपस्थितिमा गठन गरिएको भागोप्रमो सियोक गुरूङ गाउँ शाखा कमिटिमा अध्यक्ष किरण राई, उपाध्यक्ष विरात गुरूङ, सचिव सुरेश राई, सह सचिव आयुष राई, काेषाध्यक्ष सुदेश गुरूङ लगायत 30 जनालाई कार्यकारी सदस्यको रूपमा चयन गरियो। नव गठित शाखा कमिटीले क्षेत्रमा भागोप्रमोलाई बलियो बनाउन साथै क्षेत्रलाई विकासको मार्गमा अग्रसर गर्ने प्रतिबद्धता प्रकट गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywingrandpashabet girişmeritking