भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेसन कमिटीको सभा

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिलिम हिल चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेसन कमिटीको सभा सम्पन्न भयो। उक्त सभा सिलिम हिल बुथ कमिटीका सभापति सम्पल राईको अध्यक्षता र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको जोनल कमिटीका सभापति गणु छेत्रीको सञ्चालनमा सम्पन्न भयो। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिका कार्यकारी सभापति सीबी राई, युवा शक्ति तीनधारे महानदी समष्टिका सचिव सञ्जीव मगर र भागोप्रमो तीनधारे महानदी समष्टिका चुनाउ को-अर्डिनेशन कमिटीका को-अर्डिनेटर नवराज छेत्री आदिले वक्तव्य राखे।


सभामा सिलिम हिल क्षेत्रका मोठ चारवटा समाजका सभापति-सचिव, फुटबल खेलाड़ी र सामाजिक कार्यकर्ताहरूलाई सम्मान गरियो। यसै सभामा सिलिम हिल बुथ स्तरीय चुनाउ को-अर्डिनेशन कमिटी पनि गठन गरियो। जसमा को-अर्डिनेटरको रूपमा सम्पल राई, सह को-अर्डिनेटर होमराज तामाङ, प्रताप परियार, निर्मल तामाङ, बसन्त तामाङ र पेम्बा तामाङ आदिलाई चयन गरियो। सभामा भागोप्रमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा, महकुमा सदस्य टंक शर्मा, तीनधारे महानदी समष्टिका उपाध्यक्ष राजु लामा, युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति केवल राई लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *