भागोप्रमो तीनधारे महानदी समष्टि कमिटी विघटन, राजीव थापालाई संयोजकको रूपमा नियुक्त

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभामा आज पार्टीको तीनधारे महानदी समष्टि कमिटी विघटन गरियो। यसपछि खरसाङ महकुमा समितिद्वारा राजीव थापालाई तीनधारेको महानदी समष्टिको नयाँ संयोजकको रूपमा नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गरेको छ। उक्त नियुक्त पत्र पार्टीको केन्द्रीय साङ्गठनिक सचिव एवम् कार्यकारी सभासद रतन थापाको बाहुलीबाट प्रदान गरियो। यसको साथै खरसाङ महकुमा समितिद्वारा राजीव थापालाई अब तीनधारे महानदी समष्टिको नयाँ कमिटी आगामी 30 दिनभित्रमा गठन गर्ने जिम्मावरी पनि दिएको छ। यस अवसरमा सभापछि पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको नव नियुक्त संयोजक राजीव थापाले पार्टी र पार्टी अध्यक्ष अनित थापाले आफुलाई दिएको जिम्मावरी पूर्णरुपमा पालन गर्नेछु भनी बताए। तिनले तीनधारे महानदी समष्टिको सम्पूर्ण कार्यहरूमा पुरानो कमिटी र पुरानो पदाधिकारीहरूको महत्वपूर्ण योगदान रहेको बताउँदै अब समष्टि स्तरीय कमिटी गठन गर्दा पुरानो कमिटीका पदाधिकारीहरू लगायत तल्लो स्तरमा रहेर पार्टीलाई योगदान दिने साथै संगठनको लागि निरन्तर कार्य गर्नेहरूलाई लिएर गठन गरिने जानकारी गराएका छन्। तिनले तीनधारे महानदी समष्टि स्तरीय नयाँ कमिटी आगामी 9 सेप्टेम्बरमा हुने स्थापना दिवसको कार्यक्रमपछि गठन हुने बताउँदै आफुलाई दिएको यो जिम्मेवारीको लागि समष्टीको 22 वटै बुथहरुमा पदाधिकारीहरू र पार्टीका सबै भातृ संगठनहरूका प्रतनिधिहरूलाई र चियाबारीका श्रमिकहरूलाई धन्यवाद दिएका छन्। तिनले आगामी दिनमा सबैसित सर-सल्लाह र सुझाउ अनुसार कार्य गर्ने र एक मुष्ठमा सबैलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *