भागोप्रमो तीनधारे महानदी समष्टिका प्रार्थी नवराज छेत्रीको समर्थनमा चुनावी सभा

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका प्रार्थी नवराज छेत्रीको पक्षमा जोगमाया चियाबारीमा चुनावी सभा सम्पन्न भयो। भागोप्रमो जोगमाया बुथ कमिटीका सभापति जीवन थापाको अध्यक्षता साथै रबीन मगर र महेश मगरको सञ्चालनमा उक्त चुनावी सभा सम्पन्न भयो।


उक्त चुनावी सभामा स्वागत सम्भाषण सुरज मगरले राखेका थिए भने सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको तीनधारे महानदी समष्टिको जोनल कमिटीका सभापति गणु छेत्री, भूतपूर्व सैनिक संगठनको पक्षबाट गणेश थापा र प्रार्थी नवराज छेत्रीले सम्बोधन गरे। सभामा भागोप्रमो खरसाङ महकुमा समितिका उप सभापति प्रेम प्रधान, महकुमाका सांगठनिक सचिव राजीव थापा लगायत तीनधारे महानदी समष्टिका पदाधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *