भागोप्रमो तीनधारे महानदी समष्टिको सिविटार चियाबारीमा बुथ स्तरीय सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार चियाबारीको 259 नम्बर बुथको बुथ स्तरीय सभा सम्पन्न भयो। पेम्बा तामाङको अध्यक्षता र बुथ कमिटीको सभापति उत्तम छेत्रीको सञ्चालनमा उक्त सभा सम्पन्न भयो। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाको नयाँ सोँच र नयाँ विचारलाई आत्मासात गरेर पार्टीलाई अघि बढ़ाउनु र पार्टीलाई कसरी सबै मिलेर सांगठनिक रूपमा एकबद्ध भएर कार्य गर्नुपर्ने हो भन्ने विषयमा चर्चा परिचर्चा गरियो। सभाको निर्णय अनुसार बुथ स्तरीय कमिटी अन्तर्गत पर्ने सबै गाउँहरूमा पनि शाखा कमिटी पनि गठन गरिने भएको छ। यसै सभामा सिविटार बुथ नम्बर 259 को सचिव विकास लामालाई पदोन्नति गरेर तीनधारे महानदी समष्टिका सह सचिव बनाइएको छ भने बुथ स्तरीय सचिवमा हेमराज छेत्रीलाई नियुक्त गरिएको छ। त्यसरी नै बाघमारा बस्तीका सुदिप खड़कालाई बुथ स्तरीय कमिटीको कार्यकारी सदस्य चयन गरिएको छ। सभामा भागोप्रमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव एवम् तीनधारे महानदी समष्टिका उप सभापति राजीव थापा, समष्टिका सांगठनिक सचिव एवम् बुथ कमिटीका सभापति उत्तम छेत्री, कार्यकारी सभापति कुसाङ लामा, सचिव हेमराज छेत्री, युवा मोर्चाको बुथ सभापति राम राई, सचिव कमल लामा लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै सिविटार 259 नम्बर बुथको सभापति उत्तम छेत्री र सचिव हेमराज छेत्रीले विस्तृत रूपमा जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *