भागोप्रमो टोलीद्वारा ‘हाउस फर अल’ योजनाको काम निरीक्षण

खरसाङ (निसं) : खरसाङ नगरपालिकाद्वारा खरसाङको 1 नम्बर वार्डदेखि 20 नम्बर वार्डमा कच्चा घर हुने मानिसहरूको घर पक्का बनाउने सरकारी योजना ‘हाउस फर अल’ लिएर धेरै जनगुनासो आएपछि जीटीएको मुख्य कार्यपाल तथा भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले भागोप्रमो खरसाङ टाउन कमिटीलाई निरीक्षण गरेर एचएफए-को घर पाउने लाभार्थीहरुसँग रिपोर्ट तयार गर्नु भनी दिएको निर्देशलाई पालन गर्दै भागोप्रमो टाउन कमिटीका प्रतिनिधिहरूले वार्ड नम्बर 2 टेकवीर बस्ती पाखामा भ्रमण गरेका छन्।


लाभार्थीहरुले बनाएको घर कति प्रतिशत बनियो अनि कति बनाउन बाँकी छ भनी निरीक्षण गर्दै खरसाङ टाउन कमिटीका उपाध्यक्ष सन्दीप बल, सह सचिव बीरबल पाख्रीन, साङ्गठनिक सचिव रञ्जन गजमेर, कार्यकारी सदस्य विकाश तामाङ र प्रमोद गुरुङले तिनीहरुको घर बनाउनमा भइरहेको समस्याबारे नगरपालिकाद्वारा प्राप्त जानकारी र सुझाउ दिए। यस निरीक्षण कार्यक्रममा वार्ड नम्बर 2 टेकवीर बस्ती भागोप्रमो प्रशाखा कमिटीका सभापति सुजय गुरुङ, सचिव नरेन लामा तथा वार्ड सभापति पुष्प गुरुङले पनि विशेष सहयोग पुऱ्याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *