भागोप्रमो टोलीद्वारा पैह्रो प्रभावित मिरिक बस्ती क्षेत्रको निरीक्षण

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 23 नम्बर र 24 नम्बर समष्टिको प्रतिनिधि टोलीका सदस्यहरूले आज यहाँको मिरिक बस्ती पहिला गाउँ स्कूल डाँडा ग्राम पञ्चायत दुईमा गएको पैह्रो प्रभावित क्षेत्रको भ्रमण गरे। प्राप्त जानकारी अनुसार 24 नम्बर समष्टि अध्यक्ष मिलेश राईको अगुवाईमा आज पैह्रो प्रभावित क्षेत्रको निरीक्षण साथै पीडित परिवारहरूको समस्याबारे जानकारी लिए। यसैक्रममा राईले पैह्रो गएको समय आफू पितृ शोकमा रहेको कारण तत्कालै निरीक्षण गर्न आउन नसकेको बताउँदै आज आफूले क्षेत्रको भ्रमण गरेर सम्पूर्ण कुराहरूको जाकारी लिएको बताए।


तिनले आज पीडित परिवारहरूसँग तिनीहरूको समस्याबारे पनि जानकारी लिएको साथै पार्टी मार्फत हुन सक्ने समाधान गरिदिने आश्वासन दिएका छन्। तिनले पैह्रो सम्बन्धी सम्पूर्ण रिपोर्ट पार्टी अध्यक्ष अनित थापासमक्ष पुऱ्याउने पनि तिनले बताए। यस अवसरमा मिलेश राईसित 23 नम्बर समष्टि संयोजक लाडुप घिसिङ, भागोप्रमो नारी शक्ति प्रतिनिधि गणिता गुरूङ लगायत अन्य कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *