भागोप्रमो ट्रेड युनियन सभापति सागर गुरुङ भातृ शोकमा

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ भातृ शोकमा परेका छन् । उनको दाजु राजमान गुरुङको आज शुक्रबार बिहान निधन भएको छ। गत वर्ष मात्रै पुलिस विभागबाट अवकाश ग्रहण गरेका पूर्व पुलिस अधिकारी राजमान गुरुङको आज बिहान 61 वर्षको उमेरमा निधन भएको छ। उनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भ्रातृ संगठन हिल तराई डुवर्स प्लान्टेसन वर्कस युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङको दाजु राजमान गुरूङको 61 वर्षको उमेरमा उपचारको क्रममा आज बिहान दु:खत निधन भएको छ। उनी विगत केही समयदेखि लिभरको बिमारले ग्रसित थिए अनि उपचाराधीन अवस्थामा रहेका थिए। उनको पार्थिव शरीर निजी बासस्थान महानदीमा राखेर शनिबार दाह संस्कार गरिने परिवार सूत्रबाट जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *