भागोप्रमो युवा शक्ति, गर्ल्स युनिट खरसाङको आयोजनामा इन्टरनेशनल डे फर गर्ल्स चाइल्ड पालन

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्ति, गर्ल्स युनिट खरसाङको आयोजनामा इन्टरनेशनल डे फर गर्ल्स चाइल्ड पालन गरियो। उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने गर्ल्सहरू र महिलाहरूलाई सम्मान जनाइयो। उक्त इन्टरनेशनल गर्ल्स चाइल्ड डे खरसाङ पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा स्कूल सह निरीक्षक रोशनी सार्की उपस्थित थिइन् भने कार्यक्रमलाई अनिशा लामाले सञ्चालन गरेका थिए। गर्ल्सहरूद्वारा नृत्य, कविता, सितार वादन लगायत सांगीतिक कार्यक्रम प्रस्तुत गरियो। कार्यक्रममा प्रमुख अतिथि रोशनी सार्की, इशा लेप्चा, पेमा यल्मो आदिले वक्तव्य राखे।


यसै कार्यक्रममा ईन्टरनेशनल गर्ल्स चाइल्ड डे-को अवसर पारेर विभिन्न क्षेत्रमा योगदान दिने महिलाहरू र गर्ल्सहरूलाई सम्मान जनाइयो। यसै क्रममा संगीतमा सुरक्षा सेञ्चुरी, दार्जिलिङ निवासी सितारको सेशन प्लेयर विपाशना योञ्जन, शिक्षा क्षेत्रमा आस्था छेत्री, खरसाङको पहिलो महिला भेटरेनी डाक्टर परिणिता छेत्री, खेलकूदमा कराँते खेलाड़ी प्रयोधि प्रधान, विदिशा रावत, म्याराथनमा प्रिति राई, कवितामा रचयिता छेत्री, पेमा यल्मो लगायत खरसाङ क्षेत्रमा सामाजिक कार्य गरिरहेका गैर सरकारी संस्थाहरूलाई पनि सम्मान जनाइयो। आजको कार्यक्रम विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्ति गर्ल्स युनिट खरसाङका चिफ् को-अर्डिनेटर स्वेच्छा कार्कीले विस्तृत रूपमा जानकारी गराइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *