भागोप्र युवा शक्ति दार्जिलिङ महकुमा समितिको सभा सम्पन्न

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति दार्जिलिङ महकुमा समितिको सभा आज अरूण छेत्रीको अध्यक्षतामा सम्पन्न गरियो। सचिव उपकार नेचालीले सम्पन्न गरेको सभामा दार्जिलिङ महकुमा अन्तर्गत पर्ने 17 वटा समष्टिका प्रतिनिधिहरूको उपस्थित रहेको थियो। सभामा विशेष गरेर नेपाली साहित्य जगतका एकजना होनहार कवि दार्जिलिङको टकभर समष्टिका अमरकृति राईले पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाए। तिनलाई युवा शक्तिका सभापति अरूण छेत्री साथै उपसभापति भरत तामाङले खादा लगाइ दिएर आफ्नो पार्टीमा स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *