भाईले गरे आफ्नै दाज्युको हत्या सिलगढ़ीमा

सिलगढ़ी: आफ्नै दाज्युको हत्या गर्ने भाईलाई आज जलपाइगढ़ी अदालतमा पेश गरियो। घटनाक्रम अनुसार सिलगढ़ी 31 नम्बर वार्ड अन्तर्गत शितलापाड़ामा हिजो 35 वर्षीय नारायण मण्डलले आफ्नै दाज्यु केशव मण्डललाई हत्या गरेपछि पुलिसले पक्राउ गरेको छ। मृतकको परिवारका सदस्यहरूले लगाएको आरोप अनुसार हत्याको आरोपी नारायण मण्डलले धेरै दिन अघिदेखि आफ्नो परिवारका सदस्यहरूमाथि अन्याय-अत्याचार गर्दै आइरहेका थिए। हिजो अपरान्ह अचानक सामान्य विषयलाई लिएर नारायण मण्डलले आफ्नो दाज्युसित झगड़ा गर्नको साथै धारिलो हतियारले दाज्युको टाउँकोमा प्रहार गरे। यसपछि तत्कालै तिनलाई उत्तरबङ्ग मेडिकल कलेज एवम् अस्पताल पुऱ्याए तापनि त्यहाँ डाक्टरले तिनलाई मृत घोषित गरिदिए। अर्कोतिर, स्थानीय मानिसहरूले हत्यारा नारायण मण्डललाई पक्रिएर पुलिसलाई सुम्पिदिएको बताइएको छ। स्थानीय मानिसहरू अनि तिनका परिवारका सदस्यहरूले नारायण मण्डललाई कठोर सजाय दिनु पर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes