भैँसी तस्करी गरेको आरोपमा पुलिस कन्सटेबल सहित 6 जना पक्राउ

खोरीबारी : भैँसी तस्करी गरेको आरोपमा एकजना पुलिस कन्सटेबल सहित 6 जना तस्करलाई पक्राउ गरेको छ। खोरीबारीको बङ्गाल बिहार सिमानाको बञ्चभिटा इलाकामा भुसको बोराको आडमा एउटा लरीमा 32 वटा भैँसी तस्करी गरिरहेको थियो। उक्त घटनामा पुलिस कन्सटेबल सहित 6 जना तस्करलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा एसएसबी 41औँ बटालियनको रामधनजोत र भातगाउँ क्याम्पका जवानहरूले एउटा लरीलाई रोकेर छानबीन गर्दा भुसको बोराको आडमा 32 वटा भैँसी लुकाएर तस्करी गर्नको लागि लगिरहेको थियो। एसएसबीका जवानहरूले उक्त घटनामा 6 जनालाई पक्राउ गरेपछि खोरीबारी थाना पुलिसलाई सुम्पिदिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार बिहारबाट असममा भैँसी तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका 6 जनामध्ये 1 जना पुलिस कन्सटेबल फनी राय नक्सलबारी पुलिसमा कार्यरत थिए। पुलिस कन्सटेबल अलिपुरद्वार निवासी हुन् भने अन्य 5 जनामध्ये 4 जना बिहार अनि 1 जना असम निवासी हुन्। पक्रा परेका 6 जनालाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *