भाजयुमो-द्वारा खरसाङमा रक्तदान शिविरको आयोजना

खरसाङ (निसं): भारतीय जनता पार्टीको युवा मोर्चाको तर्फबाट आज खरसाङ महकुमा अस्पतालमा रक्तदान शिविरको आयोजना गर्यो। भाजयुमो-ले प्रधानमन्त्री नरेन्द्र मोदीको 73औँ जन्मदिन साथै आगामी 2 अक्टोबरको दिन हुने सेवा नै समर्पण कार्यक्रमलाई ध्यानमा राखेर आज उक्त रक्तदान शिविरको आयोजना गरेको बताइएको छ। खरसाङ अस्पतालमा बिमारीहरूलाई रगतको कुनै अभाव नहोस् भन्ने उद्देश्य लिएर उक्त रक्तदान शिविरको आयोजना गरिएको हो।


उक्त रक्तदान शिविरमा मोठ 14 जनाले रक्तदान गरे। उक्त रक्तदान शिविरमा भाजयुमो दार्जिलिङ जिल्ला अध्यक्ष निरज बान्तावा, महासचिव बिनय प्रसाद, सचिव राकेश सिंह, भाजपा दार्जिलिङ जिल्लाका मिडिया प्रभारी चन्दन प्रसाद आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *