भाजपा अनुसूचित जाति मोर्चाका राष्ट्रिय महासचिव तथा सांसद डा. भोला सिंह सिक्किम भ्रमणमा

गान्तोक : भाजपा अनुसूचित जाति मोर्चाका राष्ट्रिय महासचिव तथा बुलन्द सहरका सांसद डा. भोला सिंह आज विमानमार्फत् सिक्किमको पाक्योङ विमानअड्डामा ओर्लिएपछि तिनलाई पार्टीका कार्यकर्ताहरूले भव्य रूपमा स्वागत जनाए। पार्टी सूत्रले दिएको जानकारी अनुसार सांसद सिंह सिक्किममा सांगठनिक कार्यक्रमलाई लिएर आज आइपुगेका हुन्। तिनलाई स्वागत जनाउन आज पाक्योङ विमानअड्डा परिसरमा भाजपा राज्य महासचिव भरत दुलाल, एससी मोर्चा अध्यक्ष वीरेन्द्र पौराली, महासचिव आईके रसाईली, पूर्व जिल्लाका अध्यक्ष भानु दहाल लगायत पार्टीका विभिन्न भ्रातृ संगठनका नेतृत्वहरू उपस्थित थिए। सांसद डा. सिंहले भोलि शुक्रबार सिक्किम राज्यको अनुसूचित जाति मोर्चाका नेतृत्वहरूसित सिङ्तामस्थित पार्टी कार्यालयमा एउटा महत्त्वपूर्ण बैठक गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *