भाजपा विधायक शङ्कर घोषद्वारा स्वास्थ्य साथी कार्डबारे नर्सिङ होमहरूमा निरीक्षण

सिलगढी : सिलगढीका नर्सिङ होमहरूमा स्वास्थ्य साथी कार्डको माध्यमद्वारा कोरोना संक्रमितहरूको उपचार भइरहेको छ अथवा छैन भन्नेबारे जानकारी लिनको लागि सिलगढीका भाजपा विधायक शङ्कर घोष आज नर्सिङ होममा पुगे। प्राप्त जानकारीअनुसार भाजपा विधायक शङ्कर घोष, नान्टु पाल, कन्हैया पाठक लगायत भाजपाका अन्य केही नेताहरूले आज सिलगढी प्रधान नगरको एउटा नर्सिङ होममा निरीक्षण गरे। यस अवधि उक्त नर्सिङ होममा सरकारी नियम अनुसार बीलको विवरण सम्बन्धि कुनै चार्ट टाँसेको थिएन। तिनीहरूले उक्त नर्सिङ होम कर्तृपक्षसित स्वास्थ्य साथी कार्डबारे जानकारी लिन चाहँदा उक्त कार्ड लिएर हालसम्म कुनै पनि कोरोना संक्रमितहरू उपचारको लागि नआएको बताए। यस अवसरमा शङ्कर घोषले बताएअनुसार सहरमा प्रत्यक्ष अथवा परोक्ष रूपमा सत्ता पक्षको सहयोगमा लापर्वाही चलिरहेको छ। सिलगढीको नर्सिङ होमहरूलाई लिएर विविध अभियोग उठे तापनि प्रशासक मण्डलीका चेयरम्यानले देखावटीको लागि सहर बाहिरको नर्सिङ होमहरूको मात्र निरीक्षण गरिरहेको छ भन्दै विधायक शङ्कर घोषले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *