भाजपा विधायक शिखा च्याटर्जीविरुद्ध भक्तिनगर थानामा अभियोग दर्ता

सिलगढी : सिलगढी टाउन ब्लक 3 तृणमूल कङ्ग्रेसले डाबग्राम-फुलबारी विधानसभा क्षेत्रका भाजपा विधायक शिखा च्याटर्जीविरुद्ध भक्तिनगर थानामा लिखित अभियोग दर्ता गरेको छ। आज सिलगढी टाउन ब्लक 3 तृणमूल कङ्ग्रेसका अध्यक्ष दुलाल दत्तको नेतृत्वमा भक्तिनगर थाना अघि विरोध प्रदर्शन गर्नको साथै शिखा च्याटर्जीविरुद्ध थानामा लिखित अभियोग दर्ता गरेको छ। सिलगढी टाउन ब्लक 3 तृणमूल कङ्ग्रेसका सदस्यहरूले बताएअनुसार भाजपा विधायक शिखा च्याटर्जीले अलग राज्यको मागलाई लिएर भड़काउ टिप्पणी गरेर अशान्ति फैलाउने प्रयास गरिरहेकोले गर्दा आज तिनीविरुद्ध थानामा अभियोग दर्ता गरिएको हो। यसको साथै तिनलाई चाँडै पक्राउ गरिनुपर्ने माग समेत गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *