भाजपा विधायक शिखा च्याटर्जीविरुद्ध आसिघर पुलिस आउटपोस्टमा अभियोग दर्ता

सिलगढी : उत्तर बङ्गाललाई अलग राज्य बनाउने मागको समर्थन गरेको आरोपमा डाबग्राम-फुलबारी विधानसभा केन्द्रका भाजपा विधायक शिखा च्याटर्जी विरुद्ध तृणमूलद्वारा उत्तरबंगको विभिन्न थानामा अभियोग दर्ता गरेको छ। यसै क्रममा आज तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले आसिघर पुलिस आउटपोस्टमा विधायक शिखा च्याटर्जीविरुद्ध एउटा अभियोग दर्ता गरेको छ। 


यस अवसरमा डाबग्राम 2 तृणमूल कङ्ग्रेस अञ्चल अध्यक्ष कङ्कण दास, युवा ब्लक सचिव गौतम साहा लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए। स्मरण रहोस्, केही दिन अघि अलिपुरद्वारका भाजपा सांसद जोन बारलाले उत्तर बङ्गाललाई अलग राज्य बनाउनुपर्ने माग गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *