भाजपा विधायक शिखा च्याटर्जीद्वारा विभिन्न मागलाई लिएर साङ्केतिक विक्षोभ

सिलगढी : डाबग्राम फुलबारीका विधायक शिखा च्याटर्जीले आज विभिन्न मागलाई लिएर पार्टीका कार्यकर्ताहरूको साथमा साङ्केतिक विक्षोभ प्रदर्शन गरिन्। प्राप्त जानकारीअनुसार आज शान्तिनगरको भाजपा पार्टी कार्यालय अघि दलीय कार्यकर्ताहरूको साथमा सामाजिक दूरीलाई पालन गर्दै तिनले आज साङ्केतिक विक्षोभ प्रदर्शन गरिन्। राज्यभरिमै भाजपा कार्यकर्ताहरूको हत्या, तिनीहरूमाथि भइरहेको हमला लगायत झुटो मामिलाको प्रतिवाद जनाउँदै आज उक्त विक्षोभ कार्यसूची पालन गरिएको बताइएको छ।


यस अवसरमा शिखा च्याटर्जीले राज्यमा तृणमूल कङ्ग्रेस पुनः सत्तामा आएपछि राज्यभरिमै भाजपा कार्यकर्ताहरूमाथि हमला गर्नको साथै कार्यकर्ताहरूको हत्या गरेर त्यसलाई आत्महत्याको रूप दिइने प्रयास गरिरहेको गम्भीर आरोप लगाइन्। अर्कोतिर, कोरोनाको महामारीमा सिलगढीको केही नर्सिङ होमहरूमा उपचारको नाममा मानिसहरूबाट धेरै रुपियाँ ठग्ने गरेको साथै कोरोनाको भ्याक्सिनलाई लिएर पनि अनियमितता भइरहेकोले गर्दा नै आज यसको प्रतिवाद जनाउँदै साङ्केतिक विक्षोभ प्रदर्शन गरेको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *