भाजपा बिजनबारी मण्डल समितिको सांगठनिक सभा

बिजनबारी: भाजपा बिजनबारी मण्डल समितिको आयोजनामा यहाँको सार्वजनिक भवनमा एउटा सांगठनिक सभा सम्पन्न गरियो। सभामा संगठनलाई अझ कसरी बलियो तथा जनतामुखी बनाउन सकिन्छ बन्ने विषयमा व्यापक चर्चा-परिचर्चा गरियो।


आजको सभामा बिजनबारीको विभिन्न भेगबाट अन्य पार्टी छोडेर 15 परिवार भाजपामा सामेल भएको बताइएको छ। सभामा भाजपा जिल्ला युवा एकाई सभापति अभिषेक शर्मा, उप-सभापति बीआई राई, बिजनबारी मण्डल सभापति बीआर छेत्री लगायत स्थानीय पार्टी समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *