भाजपा विरुद्ध कालेबुङमा गोजमुमोद्वारा व्यापक पोस्टरिङ

कालेबुङ : भाजपाको नीति विरुद्ध गोजमुमो बिमल खेमाले राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने चित्रेदेखि कालेबुङ सहरसम्म विभिन्न ठाउँहरूमा आज व्यापक पोस्टरिङ गरेको छ। विशेष गरेर आज दार्जिलिङका सांसद तथा भाजपा राष्ट्रिय प्रवक्ता राजु विष्टको कालेबुङ आगमन तथा भाजपाद्वारा कालेबुङ मेला ग्राउन्डबाट शुरू गरिने परिवर्तन यात्रालाई ध्यानमा राखेर गोजमुमो 33 नम्बर समष्टिद्वारा भाजपाले गत चुनाउहरूमा गरेको वाचालाई स्मरण गराउँदै पीपीएस र 11 जातगोष्ठीलाई जनजाति बनाउने माग अविलम्ब पुरा गरिनुपर्ने पोस्टरिङ मार्फत् गरिएको छ। उक्त पोस्टरिङ अभियान अवधि डम्बर सुब्बाको नेतृत्वमा समष्टिका धेरैजना युवाहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *