भाजपा छोडेर 50 परिवार तृणमूलमा सामेल

सिलगढी : डाबग्राम फुलबारी विधानसभा केन्द्रको 1 नम्बर फुलबारी ग्राम ग्राम पञ्चायतको अम्बिकानगर इलाकाको 19/89 पार्टबाट लगभग 50 परिवार भाजपा छोडेर तृणमूलमा सामेल भएका छन्। अञ्चल सभापति मोहम्मद आहिद, गौतम गोस्वामी लगायत अन्य तृणमूल नेतृत्वहरूले नयाँ सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा डाबग्राम फुलबारी युवा तृणमूल कङ्ग्रेसका महासचिव गौतम गोस्वामी, तृणमूल ब्लक युवा अध्यक्ष किशोर मण्डल, आईएनटीटीयुसीका अध्यक्ष सुकान्त कर लगायत अन्य तृणमूल नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *