भाजपा छोडेर मुकुल राय छोरा शुभ्राङ्सुसहित फर्किए टीएमसी-मा

सिलगढी : भाजपाका वरिष्ठ नेता मुकुल राय आफ्नो छोरा शुभ्राङ्सुसहित आज तृणमूल कङ्ग्रेसमा फर्किए। आज अपरान्ह मुकुल रायले कोलकातास्थित पार्टी अफिसमा तृणमूल नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जीसित भेट गरेर एउटा औपचारिक कार्यक्रमबीच भाजपा त्यागेर तृणमूल कङ्ग्रेसमा पुनः फर्किआएको घोषणा गरे। यस अवसरमा तिनका छोरा शुभ्राङ्सुले पनि भाजपा त्यागेर तृणमूल कङ्ग्रेसमा सामेल भए। तिनीहरू दुवै बाबु-छोरा मुकुल र शुभ्राङ्सुलाई तृणमूल कङ्ग्रेसका महासचिव अभिषेक ब्यानर्जीले खदा लगाइदिएर पार्टीमा स्वागत जनाए। यस अवधि मन्त्री तथा तृणमूलका नेता पार्थ च्याटर्जी लगायत अन्य केही तृणमूल कङ्ग्रेसका शीर्ष नेतृत्वहरू पनि उपस्थित थिए। कार्यक्रममा उपस्थित पत्रकारहरूले मुकुल राय तथा ममता ब्यानर्जीसित केही प्रश्नहरू पनि गरे। ममता ब्यानर्जीले मुकुल राय घर वापसी गरेर तृणमूलमा फर्किआएकोमा खुसी व्यक्त गरिन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *