भाजपा दार्जिलिङ टाउन युवा मोर्चाको सभा

दार्जिलिङ: भाजपाको दार्जिलिङ टाउन मण्डल युवा मोर्चाको साङ्गठानिक सभा जिल्ला सदस्य सीके शर्माको अध्यक्षतामा आज यहाँको जिल्ला कार्यालयमा सम्पन्न भयो। उक्त सभामा विशेष गरेर सङ्गठनात्मक गतिविधि साथै पार्टीको भावी रणनीति बारे उपस्थित महानुभावहरूबीच चर्चा-परिचर्चा गरियो। आजको सभामा पार्टीको मण्डल अध्यक्ष सुमन प्रधान, जिल्ला सचिव पीसी थापा, जिल्ला सदस्य भरत सुब्बा, सीके शर्मा, अजय शंकर लगायत अन्य युवा मोर्चाका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *