भाजपाद्वारा 12 घण्टा बन्दको आह्वान: सिलगढी सहरमा देखा पऱ्यो तनाउको माहौल

सिलगढी: भाजपाले बोलाएको आज राज्यव्यापी 12 घन्टा बन्दलाई लिएर आज बिहानदेखि नै शहरमा तनाउको माहौल देखा परेको छ।  स्मरण रहोस, राज्य भाजपाले निकाय चुनावहरूमा कथित धाँधली साथै हिंसा फैलाएको आरोप लगाउँदै आज पश्चिम बंगालमा 12 घन्टा बन्दको आह्वान गरेको छ। बन्दको समर्थनमा आज बिहानैदेखि भाजपा नेताहरू अनि कार्यकर्ताहरूले सिलगढीको विभिन्न स्थानमा रेली निकाले। बन्दको समर्थनमा सिलगढीका भाजपा विधायक शंकर घोष र मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मनलाई पनि आज बिहानदेखि नै सडकमा ओर्लिएको देखियो। यस अवधि पार्टी कार्यकर्ताहरूसित सिलगढीको हिलकार्ट रोड, विधान रोड अनि महाबीरस्थानमा रेली निकालेर दोकानहरू बन् गर्दै गरेको देखियो।  यसैगरी, हाँसमी चौकमा सड़क जाम गरेपछि भाजपा नेताहरू अनि कार्यकर्तासित केही समयसम्म पुलिसको झडप भएको देखियो। यस अवधि केही भाजपा कार्यकर्ताहरूलाई पुलिसले पक्राउ गरेको छ। ओं को गिरफ्तार किया गया। यसको साथै घटनास्थलबाट भाजपाका दुईजना विधायकलाई पनि पुलिसले घटनास्थलबाट सिलगढी थानामा लगे। तथापि बन्द अवधि आज सिलगढी सहरको अधिकांश दोकानपाट, सरकारी कार्यालयहरू सबै खुल्लै रहेको देखियो भने साना-ठूला वाहनहरू अनि अटो-टोटो, रिक्साहरूको चलाचल अन्य दिनहरूमा झै सामान्य रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *