भाजपाद्वारा 7 सुत्रीय मागलाई लिएर आसिघर पुलिस आउटपोस्टमा ज्ञापन

सिलगढी : ईस्टर्न बाइपासको घटनापछि डाबग्राम फुलबारीका भाजपा विधायक शिखा च्याटर्जीको नेतृत्वमा भाजपाले आज एउटा र्‍यालीको माध्यमद्वारा विविध मागलाई लिएर थानामा ज्ञापन पत्र सुम्पियो। विधायक शिखा च्याटर्जी लगायत भाजपाका नेतृत्वहरूले विविध मागलाई लिएर आज जलेश्वरी बजारबाट एउटा र्‍याली निकालेर ईस्टर्न बाइपास लगायत विभिन्न ठाउँमा ट्राफिक व्यवस्था, अवैध दोकानेहरूलाई पुर्नवास लगायत 7 सूत्रीय मागलाई लिएर आसिघर पुलिस आउटपोस्टमा एउटा ज्ञापन पत्र सुम्पे। यस अवसरमा शिखा च्याटर्जीले भनिन्, एसजेडीएको तर्फबाट सडकको निर्माण गरे तापनि हालसम्म त्यहाँ रोड लाइटको व्यवस्था गरेको छैन, पुलिस ब्यारिकेड छैन। अवैध दोकानेहरूलाई ट्रेड लाइसेन्स दिइनुपर्ने आदि जस्ता माग गर्दै आज थानामा ज्ञापन पत्र सुम्पिएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *