भाजपा-द्वारा बाघडुग्रामा विरोध प्रदर्शन

बाघडुग्रा : करुणामयीमा टेट पास नोकरी प्रार्थीहरूको आन्दोलनलाई अनैतिक रूपमा रद्द गर्ने तथा महिलाहरूमाथि अत्याचार गरेको आरोप लगाउँदै भाजपा-ले बाघडुग्राको पानीघट्टा मोड़मा आज विरोध प्रदर्शन गर्यो। कथित रूपमा राज्य सरकारले टेट स्नातकहरूको नोकरीको मागमा भोक हड़तालमा बसेका प्रदर्शनकारीहरूलाई पुलिसको सहयोगमा अनैतिक रूपमा हटाइएकोले यसको प्रतिवाद जनाउँदै आज भाजपा-ले विरोध प्रदर्शन गरेको हो। यस अवसरमा अप्पर बाघडुग्रा मण्डल अध्यक्ष गौतम घोष, सजल कान्ति सरकार, प्रियङ्का सरकार मित्र लगायत केही भाजपा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *