भाजपाद्वारा दुईजना दिव्याङ्गलाई व्हिल चेयर प्रदान 

सिलगढी : केन्द्रमा भाजपा सरकारको 7 वर्ष पुरा भएको अवसरमा सेवा सप्ताह कार्यक्रम चलिरहेको छ। सेवा सप्ताहको उपलक्ष्यमा दार्जिलिङ जिल्लाका भाजपा सांसद राजु विष्टले आफ्नो विधानसभा क्षेत्रमा केही समाजमूलक कार्यहरू गरिरहेका छन्। यसै क्रममा आज सांसद राजु विष्टद्वारा प्रदान गरिएको व्हिल चेयर भाजपा कार्यकर्ताहरूले दिव्याङ्ग नानीहरूलाई सुम्पे। भाजपा कार्यकर्ताहरूले चम्पासरी ग्राम पञ्चायत अन्तर्गत पर्ने उत्तर पलास निवासी दुईजना दिव्याङ्ग नानीहरूको घरमा गएर तिनीहरूलाई व्हिल चेयर प्रदान गरे। चम्पासरी मण्डलका भाजपा महासचिव अजय साइबोले बताएअनुसार सेवा सप्ताह अन्तर्गत सांसद राजु विष्टद्वारा प्रदान गरिएको व्हिल चेयर आज दुईजना दिव्याङ्ग नानीहरूलाई सुम्पिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *