भाजपाद्वारा हासमीचोकमा नेताजी जयन्ती पालन

सिलगढी : सिलगढीको हासमीचोकस्थित भारतीय जनता पार्टी जिल्ला कार्यालय अघि नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्ती पालन गरियो। भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवालले नेताजीको तस्वीरमा माल्यार्पण गर्नको साथै झण्डा उत्तोलन गरे। कार्यक्रममा उपस्थित सबैले नेताजी सुभाष चन्द्र बोसको तस्वीरमा माल्यार्पण गरेर तिनलाई स्मरण गरे। यस अवसरमा भाजपाका कार्यकर्ताहरूलगायत ससाना नानीहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *