भाजपाद्वारा सिलगढ़ीका स्वर्ण पदक विजेता जयालाई सम्मान

सिलगढ़ी : अल इण्डिया बङ्गाल ओपन किक् बक्सिङ च्याम्पियनशिप 2020 प्रतियोगितामा गोल्ड मेडल प्राप्त गर्ने सिलगढ़ी निवासी जया कुमारीलाई भाजपा जिल्ला अध्यक्षले सम्मानित गरे। अल इण्डिया बङ्गाल ओपन किक् बक्सिङ च्याम्पियनशिप 2020 प्रतियोगिताको आयोजना गत 4 र 5 जनवरी कोलकातामा भएको थियो। उक्त प्रतियोगितामा सिलगढ़ी नगर निगमको तीन नम्बर वार्ड गुरूङ बस्ती निवासी जया कुमारी चौधरीले 55 किलो वर्गमा अंशग्रहण गरेर स्वर्ण पदक हत्याएका थिइन। सिलगढ़ी फर्किए पछि तिनलाई शुभकामना दिनेहरूको ताँती लागेको छ। आज तीन नम्बर वार्ड भाजपा कमिटी अनि सिलगढ़ी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवाल, भाजपा नेता रथीन्द्रनाथ बोसले गोल्ड मेडलिस्ट जया कुमारी चौधरीलाई खादा, फूलको गुच्छा उपहार दिएर सम्मानित गरे। भाजपाले सम्मान गरेकोमा जया कुमारी धेरै खुशी छन् भने तिनको लक्ष्य अब आउँदो दिल्लीमा हुने विश्व च्याम्पियनशिपमा गोल्ड मेडल हत्याउनु रहेको बताइन्। अर्कोतिर, भाजपाले हर सम्भव सहायता गर्ने जया कुमारी चौधरीलाई आश्वासन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *