भाजपा-द्वारा सिलगढीमा निकालिइएको र्‍यालीलाई रोक्यो पुलिसले, केही हिरासतमा

सिलगढी : बिहार विधानसभा चुनाउको रुझानमा एनडीए-ले बहुमत हासिल गरिरहेकोले आज सिलगढी सांगठनिक जिल्ला भाजपाको अगुवाईमा सिलगढीमा र्‍यालीको आयोजना गरियो। भाजपाका नेता तथा कार्यकर्ताहरूले आज भाजपा जिल्ला कार्यालय जयमुनि भवन अघि एकत्रित भएर एका-अर्कालाई मिठाई बाट्नको साथै भाजपा नेता तथा कार्यकर्ताहरू ढोल-नगाड़ा बजाएर यसको तालमा नाचिरहेको देखियो। यसपछि भाजपाको तर्फबाट एउटा विजय र्‍याली निकालिइयो। तथापि, उक्त र्‍यालीको अनुमति नरहेकोले सिलगढी थानाका विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर भाजपाका केही नेता तथा कार्यकर्ताहरूलाई हिरासतमा लिएको बताइएको छ। यस अवधि भाजपा नेता र पुलिसमाझ हातापाई शुरू भएको साथै पुलिसले भाजपाका केही नेता तथा कार्यकर्ताहरूलाई हिरासतमा लिएर सिलगढी थानामा लगे। भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवालले उक्त घटनाको तीव्र निन्दा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *