भाजपा-द्वारा सिलगढीमा काला दिवस पालन

सिलगढी : भाजपाले आज सिलगढीमा काला दिवस पालन गर्यो। गत 25 जुन 1975 देखि 21 मार्च 1977 सम्म तत्कालीन प्रधानमन्त्री इन्दिरा गाँधीको नेतृत्वमा कङ्ग्रेस सरकारले देशमा राष्ट्रिय आपातकाल लगाएको थियो। उक्त शासन व्यवस्थाको विरोधमा भाजपाले 25 जुनलाई काला दिवसको रूपमा पालन गर्दै आइरहेको छ। आज सिलगढी सांगठनिक जिल्ला कमिटीको पहलमा सिलगढीको हासमी चोकमा काला दिवस पालन गरियो। यस अवसरमा मतिगढा नक्सलबारीका विधायक आनन्दमय बर्मन, सिलगढी नगरनिगमको विरोध दल नेता अमित जैन लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *