भाजपा-द्वारा उत्तरबंग विश्वविद्यालयमा विक्षोभ प्रदर्शन

सिलगढी : उत्तरबंग विश्वविद्यालयमा प्राध्यापक, अशिक्षण कर्मीहरूको नियुक्तमा भ्रष्टाचार भइरहेको साथै विश्वविद्यालयको जमिन गैर सरकारी संस्थालाई दिएको आरोप लगाउँदै आज भाजपा-को तर्फबाट विश्वविद्यालय अघि विक्षोभ प्रदर्शन गरियो। यसपछि तृणमूल छात्र परिषद्को तर्फबाट उल्टै विभिन्न नाराबाजी गरेपछि घटनास्थलमा राजनैतिक माहौल उतप्त बन्यो। उक्त घटनाको खबर पाएर विश्वविद्यालय परिसरमा पुलिस बल पुगेको छ। सिलगढीका विधायक शङ्कर घोष, मतिगढा-नक्सलबारीका विधायक तथा जिल्ला सभापति आनन्दमय बर्मनको नेतृत्वमा आज उत्तरबंग विश्वविद्यालयको 2 नम्बर गेट अघि विक्षोभ शुरू गरियो। यसपछि विश्वविद्यालयको गेट अघि तृणमूल छात्र परिषद्-ले उल्टै यसको विरोधमा विभिन्न नाराबाजी लगाउन थाले। यस अवसरमा आनन्दमय बर्मनले भने, विश्वविद्यालयमा प्राध्यापकहरूको नियुक्तिमा भ्रष्टाचार भइरहेको छ। विश्वविद्यालयको जमिन गैर सरकारी संस्थालाई दिएको पनि तिनले आरोप लगाए। अर्कोतिर, तृणमूल छात्र परिषद-का नेता मिठुन वैश्यले भने, शान्तिपूर्ण ढङ्गमा विश्वविद्यालयमा पठन-पाठन भइरहेको थियो। तर भाजपाले यहाँ आएर अशान्त परिवेश सृजना गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *