भाजपा-द्वारा विवेकानन्द जयन्ती पालन

सिलगढी : स्वामी विवेकानन्दको 157औँ जन्मजयन्तीको अवसरमा भारतीय जनता पार्टीको कल्चरल सेलको तर्फबाट सिलगढीको भेनस मोडमा एउटा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो। सर्वप्रथम स्वामी विवेकानन्दको प्रतिकृतिमा माल्यार्पण गरेर भाजपा दार्जिलिङ जिल्ला सभापति प्रवीण अग्रवालले कार्यक्रमको शुरूआत गरे। यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रवीण अग्रवालले स्वामी विवेकानन्द र भारतीय जनता पार्टीको विचारधारा एकै रहेको बताए। स्वामी विवेकानन्दले विभिन्न योगदानहरू पुर्‍याएको अवगत गराउँदै मानिसहरूलाई संवेदनशील रहने सन्देश दिएका थिए भनी तिनले बताए। तिनले प्रधानमन्त्री नरेन्द्र मोदीको पनि यस्तै प्रकारको संवेदनशीलता रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *