भाजपा-द्वारा कुचबिहार बीडीओ कार्यालय घेराउ

कुचबिहार : गत पञ्चायत चुनाउ अवधि हिंसा, तोडफोड, हत्या जस्ता जघन्य घटनाहरू हुनको साथै निष्पक्ष ढङ्गमा चुनाउ सम्पन्न नभएको आरोप लगाउँदै भाजपाले आज राज्यभरिमै बीडीओ कार्यालय घेराउ कार्यक्रम पालन गर्यो। यसै क्रममा कुचबिहार जिल्लाको विभिन्न बीडीओ कार्यालय घेराउ गर्नको साथै कुचबिहार जिल्लाको 1 नम्बर ब्लक बीडीओ कार्यालय पनि घेराउ गरियो। भाजपा कार्यकर्ता तथा समर्थकहरूले आज कुचबिहारको धुलुआबारी शिव मन्दिरदेखि कुचबिहार दिनहाटा सडक हुँदै 1 नम्बर ब्लक बीडीओ कार्यालय अघि विक्षोभ प्रदर्शन गर्यो। तथापि, बीडीओ अफिसदेखि लगभग 200 मिटर अघि नै तिनीहरूलाई पुलिसले रोकिदिएपछि आन्दोलनकारीहरू कुचबिहार दिनहाटा राष्ट्रिय राजमार्गमा बसेर विक्षोभ प्रदर्शन गरे। यस अवसरमा कुचबिहार दक्षिण विधानसभा केन्द्रका विधायक निखिल रञ्जन दे लगायत जिल्ला नेतृत्वहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *