भाजपा जिल्ला कमिटी गठन

खोरीबारी : पार्टीलाई अझ अधिक दह्रिलो तथा मजबुत गर्ने उद्देश्य लिएर भारतीय जनता पार्टीको जिल्ला कमिटी गठन गरिएको छ। नक्सलबारी क्षेत्रका दिलीप बारोई तथा खोरीबारी खण्डका उत्तम सिंहलाई पनि नव गठित कमिटीमा सचिव पदमा मनोनित गरिएको बताइएको छ। भारतीय जनता पार्टी जिल्ला अध्यक्ष प्रवीण अग्रवालले यसबारे जानकारी दिँदै पार्टीको तर्फबाट प्रत्येक तीन वर्षमा नयाँ कमिटी गठन गरिने भएकोले गर्दा नै जिल्ला कमिटी गठन गरिएको हो भनी तिनले बताए। नयाँ कमिटीमा नक्सलबारीबाट दिलीप बारोई तथा खोरीबारीबाट उत्तम सिंहलाई सचिव पदमा चयन गरिएको छ। अर्कोतिर, जिल्ला स्तरीय कमिटीमा तिनीहरूलाई चयन गरेकोमा स्थानीय पार्टी कार्यकर्ताहरू खुशी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *