भाजपा जिल्ला उपाध्यक्ष जयदीप नन्दी पार्टी त्यागेर पुनः फर्किए तृणमूलमा

सिलगढी : भाजपा सिलगढी सांगठनिक जिल्ला कमिटीका उपाध्यक्ष जयदीप नन्दी भाजपा छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। यसको साथै भाजपाका अन्य केही नेता तथा कार्यकर्ताहरू पनि तृणमूलमा सामेल भएका छन्। दार्जिलिङ जिल्ला तृणमूल कार्यालयमा आज एउटा कार्यक्रमबीच तिनले तृणमूलको झण्डा ग्रहण गरे। तृणमूलमा सामेल भएपछि तिनले भने, दुई वर्षसम्म भाजपामा रहे तापनि भाजपाको कार्य पद्धतिसित आफ्नो मेल नखाएपछि नै तृणमूलमा पुनः सामेल भएको हो। स्मरण रहोस्, जयदीप नन्दी यसभन्दा अघि तृणमूल छोडेर भाजपामा सामेल भएपछि तिनी जिल्ला कमिटीका उपाध्यक्ष पदमा थिए।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *