भाजपा जीटीएको पक्षमा छैन : सांसद राजु विष्ट

खरसाङ: सांगठनिक सभाको लागि खरसाङ आएका दार्जिलिङका भाजपा सांसद राजु विष्टले भारतीय जनता पार्टी जीटीए चुनाउको पक्षमा नभएको स्पष्ट रूपमा बताएका छन्। खरसाङमा भएको भारतीय जनता पार्टीको सांगठनिक सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भाजपा सांसद राजु विष्टले जीटीए चुनाउ हाम्रो एजेण्डामा नरहेको साथै जीटीए चुनाउको लागि म आफै पनि प्रचारमा आउने छुइनँ भन्दै भारतीय जनता पार्टी जीटीए चुनाउको पक्षमा नरहेको बताए। तिनले यस विषयमा केन्द्र सरकारले अध्ययन गर्नेछ तर यस अघि नै अर्को असल बाटो तयार हुने दावी गरे। विष्टले जीटीए गोर्खा समाजको लागि कलंक हो र यसको पक्षमा हामी छैनौं भनी बताए। तिनले अभागोलीले आफूलाई राजीनामा दिनुपर्ने माग गरेको बारे बोल्दै, आफूले अभागोली राजनैतिक पार्टी केवल प्रताप खाती समूहलाई चिनेको जो भाजपाको साथमा छ भन्दै केही छिछोरे नेताहरूले मात्र सासंदको राजीनामाको माग गरिरहेको छ भनी बताए। तिनले अझ भने, तिनीहरूलाई जनताले गत चुनाउमा नै स्पष्ट पारिसकेका छन् र चुनाउमा नोटा जति पनि भोट नपाउनेहरूले सांसदको राजीनामाको माग गर्नु कुनै अधिकार छैन। ती नेताहरूलाई जनताले स्पष्ट रूपमा जवाब दिइसकेका छन् भन्दै तिनले जनतालाई भाजपाले गरेको वाचाहरू अवश्य पुरा गर्नेछ र हामी लक्ष्यको नजिक छौं, समय आएपछि त्यसको घोषणा गर्नेछौं भनी बताए। तिनले म ती नेताहरू जस्तै चाप्लुसी र पैसाको लागि राजनीति गर्दिन तर विशेष कार्यको लागि राजनीतिमा छु भनी बताउँदै आफू खाँट्टी गोर्खा सांसद हुँ भनी बताए। तिनले भारतीय जनता पार्टीसित पहाड़, तराई र डुवर्सको जनता साथमा रहेको पनि दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes